फोटो खिचेर म्यासेन्जर मार्फत प्रश्नपत्र लिक गरेपछि ३ जना पक्राउ

काठमाडौँ /२४ असार-प्रश्नपत्र र उत्तर पुस्तिकाको फोटो खिचेर म्यासेन्जर मार्फत लिक गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । नर्स लाइसेन्सको प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।


शनिवार काठमाडौँको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा परीक्षामा सहभागी ३ जना परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।


पक्राउ पर्नेमा पोखरा घर भएकी २० वर्षीया समीक्षा थापा, धादिङ घर भएकी २३ वर्षीया सविना आले मगर र कास्कीको लेखनाथ घर भएकी २० वर्षीया भावना गुरुङ छन् ।