काठमाडौं/१३ असार-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह एलएलबी प्रथम वर्षको परीक्षा फाराम खुला गरेको छ । नयाँ तथा पुरानो पाठ्यक्रम अन्तर्गत नियमित आंशिक र आंशिक मात्र परीक्षा दिने परीक्षार्थीका लागि आवेदन फारम खुला गरेको हो ।
परीक्षार्थीहरुले असार १० गतेदेखि साउन ९ गतेसम्म नियमित दस्तुरमा र साधारण म्याद सकिएको एक हप्ता भित्र देब्बर दस्तुर सहित आवेदन फारम भरी बुझाउनु पर्ने छ ।


