कक्षा ११ को शुल्क प्रस्ताव पठाउन निजी विद्यालयलाई निर्देशन

काठमाडौं/११ असार काठमाडौं महानगरपालिकाले कक्षा ११ को शुल्क विवरण पठाउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ । शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने शुल्क विवरण पठाउन निर्देशन दिएको हो ।


काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुलाई विद्यालय व्यवस्थान समितिको निर्णय सहित शुल्क प्रस्ताव असार मसान्त भित्र विभागमा उपलब्ध गराउन परिपत्र गरेको छ ।


‘काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शिर्षकमा के कति शुल्क लिने हो ? काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव असार मसान्त भित्र विभागमा उपलब्ध गराईदिनु हुन अनुरोध छ, पत्रमा भनिएको छ ।’