असार/११ असार-ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षामा ५ करोड रुपैयाँ छुट्याएको छ । उपप्रमुख मुना अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटले शिक्षामा ५ करोड रुपैयाँ छुट्याएको हो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्वास्थ्य र शिक्षासँगसँगै पूर्वाधारलाई यो बजेटले प्राथमिकता दिएको बताए । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको वार्षिक बजेट ल्याएको छ ।



