हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश (हेर्नुहोस अन्तरिम आदेश)

काठमाडौं/६ असार-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले मेला बन्द गरेको शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।


न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको छ । उच्च अदालतले संघीय सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त गरेको तथ्यले निवेदन साथ पेश भएको कागजातबाट प्रतिलिपिहरु देखिएकोले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।


हिसान र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा आठौं कान्तिपुर हिसान एडुफेयर २०२३ असार ३२ गतेदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको थियो । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।