आन्दोलनरत विद्यालय कर्मचारीहरु पक्राउ

काठमाडौं/३२ जेठ-आन्दोलनरत विद्यालय कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी, बरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ तथा जुम्लाका एक जना विद्यालय कर्मचारी धन बाहदुर महतलाई पक्राउ गरेको हो ।


काठमाडौंको माइतीघर मण्डलाबाट आन्दोलन गरिरहेकको अवस्थामा सामान्य विवाद हुँदा प्रहरीले पक्राउ गरेको छ । कर्मचाीहरुले आफ्ना माग सम्बोधन नभएपछि चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।


उनीहरुले जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रममा (आर्थिक वर्ष) २०८० ०८१ बुँदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गरिनेछ भनिएपनि बजेट भाषणमा काँही उल्लेख नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


साथै न्युन तलबमा काम गर्दै आएका विद्यालय कर्मचारीहरुले तलब वृद्धि लगायत विभिन्न सेवा सुविधाका लागि माग राख्दै आएका छन् ।