डा. बाबुराम पोखरेल मेमोरियल फुटसल प्रतियोगिताको उपाधी लिटल एन्जल्सलाई

काठमाडौं/३१ जेठ– पहिलो डा. बाबुराम पोखरेल मेमोरियल अन्तर विद्यालय संस्करणको फुटसल प्रतियोगिता २०८०” को उपाधी लिटल एन्जल्स स्कुलले उचालेको छ । ब्राइट फ्युचर स्कुललाई पराजित गर्दै ट्रफी उचालको हो ।


लिटल एन्जल्स् स्कुलले नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त ग¥यो । साथै उपबिजेता ब्राइट फ्युचर स्कुले पनि नगद सहित, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त ग¥यो ।

काठमाडौंको मिनभवन स्थित भिएस निकेतन सेकेण्डरी स्कुलको आयोजनामा २६ विद्यालयको सहभागितामा भएको प्रतियोगिताका विजयी टीम र खेलाडीलाई स्कुलका संस्थापक निर्देशक डा. बबिन पोखरेलले नगद, ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।


त्यसैगरी लिलितपुरको नेपाल स्पोर्टस सेन्टर च्यासलमा भएको डा. बाबुराम पोखरेल मेमोरियल अन्तर विद्यालय फुटसल प्रतियोगिता २०८०”को तेस्रो स्थानमा नेबेल एकेडेमी स्कुल भएको छ ।

खेलमा विद्यार्थीहरुको मानसिक, शारिरीक तथा चौतर्फि विकासमा सहयोग गर्ने र यस्ता खालका खेलहरुले विद्यार्थीलाई खेलकुदको महत्वबारे बुझ्न सहयोगी भूमिका खेल्ने विद्यालयले जनाएको छ । साथै आगामी वर्षहरुमा खेललाई अझै उत्कृष्ट बनाउँदै लैजाने र सहभागी विद्यालयको संख्या थप्दै लैजाने जानकारी दियो ।