काठमाडौं/२८ जेठ-आन्दोलनरत सामुदायिक विद्यालयमा कार्यकरत विद्यालय कर्मचारीले आफ्ना माग पुरा नभए असार २ गतेदेखि देशै भरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अनुसार सरकारले माग सुनुवाई नगरेपछि असार २ गतेबाट देशै भरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालय कर्मचारीहरु अहिले विभिन्न चरणका आन्दोदन गरिरहेको र यसैबीचमा सरकारले आन्दोलनरत पक्षलाई वार्तामा नबोलाए असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।
उनीहरुले जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रममा (आर्थिक वर्ष) २०८० ०८१ बुँदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गरिनेछ भनिएपनि बजेट भाषणमा काँही उल्लेख नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
साथै न्युन तलबमा काम गर्दै आएका विद्यालय कर्मचारीहरुले तलब वृद्धि लगायत विभिन्न सेवा सुविधाका लागि माग राख्दै आएका छन् ।
आज थाल ठटाउँदै आन्दोलन गर्ने
नेपाल विद्यालय कर्मचारीहरुले दबाब स्वरूप आज थाल ठटाउँदै बृहत आन्दोलन गर्ने भएका छन् । सरकारले कर्मचारीहरुको कुनै पनि माग सुनुवाई नगरेपछि थाल ठटाएर आन्दोलन गर्ने भएका हुन् ।
आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा सरकारले माग पूरा नगरेका भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्दै काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलामासम्म थाल ठटाउने र सभा गर्ने भएको निर्णय गरिएको जनाएको छ ।
परिषद्का महासचिव शान्ति नाथ योगीले जानकारी दिँदै सरकारलाई दबाब दिनका लागि ठटाउने र माइतिघरमा मण्डलामा कोण सभा गर्ने जानकारी दिए ।



