अहिलेका बालबालिकाहरुलाई “तिमीलाई कुन खेल मन पर्छ ?” भनेर प्रश्न सोध्यो भने अधिकांश बालबालिकाको एउटै उत्तर आउँछ “मोबाइलमा गेम खेल्न ।” हुन पनि हो, प्राविधिक समानको बढ्दो प्रयोग सँगै बालबालिकाहरु स्थानीय खेलका बारेमा अनविज्ञ छन् । फुुटबल, भलिबल, बास्टेबल, टेबलटेनिस, गल्फ लगायतका खेलका बारेमा उनीहरुले पाठ्यपुुस्तकमा पढेर, खेलेर, हेरेर थाहा पाएका छन् । फुुटबल, भलिबल, बास्टेबल लगायतका खेलको त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेत हुने गरेको छ । जसले गर्दा पनि बालबालिकालाई यी खेलका बारेमा धेरै ज्ञान छ । तर, हाम्रा स्थानीय खेलका बारेमा भने उनीहरु अज्ञात छन् ।
जुन खेलहरु हामीले सानो हुँदा खेलेका थियौ । जति बेला हात हातमा मोबाइल थिएन । हाम्रा हजुरबुुबा, बुुबा र हामीले खेलेका थियौ । स्थानीय स्रोत र साधनको प्रयोग गरेर खेल खेल्थौ । ती खेलहरु विस्तारै अहिले हराउँदै गएका छन् । बालबालिकाहरुको हात हातमा मोबाइल अनि मोबाइलमा गेम । यसले गर्दा पनि स्थानीय खेलहरु लोप हुने अवस्थामा पुुगेको छ ।
हामी सानो छँदा साथीहरु भेला भएर लुुकमारी, छुुइ डुुम, चुुंगी, स्किपिङ, गट्टा, डन्डी बियो, कबडीकबडी, माछाकाडी (चुुंगीको रबरलाई डेरी जस्तो बनाएर नाघेर खेलिने खेल), ढुुंगामारी, रुमाल लुुकाइ, आँखा छोपी खेल्थौं । यी खेल खेल्नुको मज्जा नै छुुट्टै छ । यी खेलहरु खेल्दा शारिरीक अभ्यास हुन्थ्यो । शरीर सक्रिय रहन्थ्यो । खेल खेल्दा कहिले काही सामान्य चोटपटक लाग्ने बाहेक अन्य रोगहरु नजिक आउने डराउँथे ।
चुंगी खेल्दा गन्ती तलमाथि गर्नु, घईकाँसा खेल्दा कसले घर पहिला बनाउने भनि प्रतिस्पर्धा गर्नु, डन्डी बियो खेल्दा बियो कसले सबैभन्दा पर पुु¥याउने भनि सर्त राख्नुुको आनन्द नै छुुट्टै हुन्थ्यो । यस्तै, छुुइ डुम र लुकमारी खेल्दा विपक्षले नभेटाउने गरी भाग्दा र लुुक्दा छुुट्टै विजय प्राप्त गरेको अनुुभव हुन्थ्यो ।

घईकाँसा, मोजाको बल, कागजको ढुुंगा, काठको चक्का बनाएर खेल्दा हामीमा रचनात्मक क्षमताको विकास हुुन्थ्यो । सबैले खेल खेल्न पाउथे । अहिलेका खेलहरुमा जस्तो खेल खेल्नका लागि पोख्त हुनु पर्दैन थियो । खेलका नियम बुुझे पुुग्थो । अलोपलो, माथि तल घरका मात्र नभई टोल भरीका केटाकेटीहरु जम्मा भएर खेल खेलिन्थ्यो । अहिले जसरी फेसबुुक, इन्स्ट्रग्राम, भाइबरमा साथी बनाइन्छ । त्यति बेलाको समयमा खेलका माध्यमबाट साथी बनाइन्थ्यो । खेलले हामीलाई एक अर्कासँग जोडेको मात्र थिएन, सामाजिक समेत बनाएको थियो ।
यी खेलहरुमा पनि कसले जित भन्ने होड हुन्थ्यो । साथी साथीबीच प्रतिस्पर्धा हुन्थ्यो । कुनै खेलहरु समूहमा खेलिन्थ्यो त कुनै एक्लै । जित्नेले अहिलेको जस्तो ट्रफी, मेडल नपाए पनि साथीभाइको अगाडि नाम कमाउ थियो भने छुुट्टै शान हुुन्थ्यो । खेल खेल्दा चित्त नबुुझी झगडा गर्ने, नबोल्ने गरेपनि त्यो केही क्षणका लागि हुुन्थ्यो । रिस मरेपछि फेरि खेल खेल्न गइन्थ्यो अनि तेरो, मेरो गलती भन्दै आरोपप्रत्यारोप लगाई अबदेखि झेला नखेल्ने भन्दै खेल पुुनः खेलेका ती अविस्मरणिय पलहरु दिमागमा अझै जीवान्त छ । हाम्रो बाल्यकाललाई यादकार बनाउन यी खेलहरुको पनि हात छ । ग्रामीण क्षेत्रमा अझै पनि यी खेलहरु खेल्ने गरेको पाइन्छ ।

तर, अहिले समय परिर्वतन भएको छ । अहिलेका बालबालिकाहरु मोबाइलमा गेम खेल्न र भिडियो हेर्नेमा लिपत छन् । न उनीहरुलाई घईकाँसा भनेको थाहा छ, न त गट्टा कसरी खेलिन्छ । न त उनीहरुले डन्डी बिन्यो नै देखेका छन् । मोबाइलमा क्यानडि क्रम, लुुडो, प्रि– फाइर, पब्जी खेल्न तल्लीन उनीहरुलाई शारिरीक अभ्यासको कमी र निष्क्रियताका कारण विभिन्न रोगहरुले समेत सताउने गरेको छ ।
अधिकांश समय विद्यालयमै बिताउने हुँदा उनीहरुले न लुुकमारी खेल्न पाए, न त छुुइ डुम । विद्यालयबाट छुटेर घर आउँदा गृहकार्यको रासले उनीहरुलाई साथीभाइ बटुुलेर ढुुंगामारी, गुुच्चा खेल्न दिएन् । यसले गर्दा पनि स्थानीय खेलका बारेमा हाम्रा केटाकेटीहरुलाई केही थाहा छैन । उनीहरुलाई थाहा छ त केबल पाठ्यपुुस्तकमा पढ्नका लागि राखिएका खेलहरु । त्यो पनि कुनै विद्यालयमा विद्यार्थीलाई अभ्यास गराइए सिकाइन्छ भने कुनै विद्यालयमा पढाएरै । पाठ्यपुस्तकमा हाम्रा स्थानीय खेलका बारेमा नसमेटिनुु, कुुनै प्रतियोगिता आयोजना नहुनुु लगायतका कारणले स्थानीय खेल धरापमा परेको हो ।
अहिलेको पुुस्ताले खेलको नाम मात्र भएपनि सुुन्न पाएका छन् । तर, यस्तै अवस्था रही रहेमा भावी पुुस्ताले स्थानीय खेल इतिहासका रुपमा मात्र पढ्न पाउने दिन नआउला भन्न सकिदैन ।



