काठमाडौं/८ जेठ-विद्यालयबाट घर फर्कने क्रममा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो ।
राईको विद्यालय बिदा भएपछि घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्र्याक्टरले किचिएर मृत्यु भएको हो । आइतबार साँझ घर फर्कदै गर्दा ट्र्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्र्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



