कक्षा ९-१२ का विद्यार्थीहरुलाई लक्षित छात्रवृत्तिको फाराम भर्ने समय थप

काठमाडौं/८ जेठ-शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने समय थप गरेको छ । सामुदायिक विद्यालयका माध्यमिक तह कक्षा ९-१२ मा अध्यनरत विद्यार्थीहरुलाई लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने समय थप गरेको हो ।


आर्थिक वर्ष २०८०/०८१ मा विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउने प्रायोजनका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्यनरत विद्यार्थीहरुको पिएमटी फाराम भर्न बाँकी रहेका विद्यालयहरुका लागि समय थप गरेको छ ।


केन्द्रले विद्यालयहरुले भराउनका लागि बैशाख मसान्तसम्म समय थप गरिएकोमा विद्यालयहरुबाट अझै पनि केही विद्याथीृहरुको फाराम भर्ने र अपलोड गर्ने कार्य बाँकी रहेकोले समय थपका लागि आग्रह भै आएकोले छट् भएका विद्यार्थीहरुको विवरण सम्बन्धीत विद्यालयहरुबाट प्राप्त गरी आईइएमआइएसमा जेठ २५ गतेसम्ममा अपलोड् गर्न निर्देशन दिएको छ ।