काठमाडौँ /३० चैत-लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्न स्थापित संस्था ‘स्रष्टा चैत्र ३०’ ले यस वर्षको सम्मान साहित्यकारद्वय श्यामल अधिकारी र तीर्थ श्रेष्ठलाई प्रदान गर्ने भएको छ । उहाँहरुले सृजना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र परिवर्तनलाई संस्थागत गर्न निर्वाह गरेको रचनात्मकरुपमा भूमिको कदर गर्दै सम्मान गर्न लागिएको सो संस्थाका अध्यक्ष मनोज न्यौपानले जानकारी दिए । अधिकारी राष्ट्रिय समाचार समिति (रासस) का पूर्व कार्यकारी अध्यक्ष र श्रेष्ठ नेपाली लेखक सङ्घका वर्तमान अध्यक्ष हुन् ।
स्रष्टा छनोटका लागि अध्यक्ष न्यौपानेको संयोजकत्वमा संस्थापक अध्यक्ष आरएम डङ्गोल र उपाध्यक्ष प्रकाश सिलवालसम्मिलित समितिको सिफारिशमा सम्मान घोषणा गरिएको हो ।
लोकतान्त्रिक जनआन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरूकुल (आरोहण नाट्यघर) हुँदै सडकमा साहित्यिक कार्यक्रम गर्न कफ्र्यु तोडेर पुरानो वानेश्र चोकमा कविता वाचन गराउँदा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको सङ्घर्षपूर्ण दिनलाई स्रष्टाहरुले स्मरण गर्दै आएका छन् ।
यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, वैरागी काइँला, डा. तुल्सीप्रसाद भट्टराई, निनु चापागाईँ, किरण मानन्धर, देशभक्त खनाल, डा. बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्री, पुरूषोत्तम दाहाल, पुरूषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी, वासुदेव अधिकारी र विवश पोखरेल सम्मानित भइसकेका छन् । सो सम्मान हरेक चैत ३० गते प्रदान गरिन्छ ।



