मितेरी विद्यालय छनौटका लागि आवेदन माग

काठमाडौं/१७ फागुन-नेपाल खुला विश्वविद्यालयले मितेरी विद्यालय छनौटका लागि आवेदन माग गरेको छ ।


विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गतका अध्ययनरत विद्यार्थीहरुलाई शिक्षण अभ्यास, इन्टर्नसिप, शिक्षण विधि एवम् प्रविधि सम्बन्धी सहकार्य गर्न मितेरी विद्यालय छनौटका लागि आवेदन माग गरेको हो ।


यसका लागि बागमती प्रदेश र लुम्बिनी प्रदेशहरुबाट कम्तीमा कक्षा ८ देखि १२ सिम्म सञ्चालित इच्छुक सार्वजनिक विद्यालयहरुले आवेदन दिन सक्नेछन् । साथै सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

यस्तो छ मितेरी विद्यालय छनौट तथा सन्चालन कार्य ब्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ :

https://www.nou.edu.np/uploads/attachments/75evjyfnlhqehwnr.pdf