सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग

काठमाडौं/९ फागुन-सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तेस्रो दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग गरेको छ ।


विसं २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक ३० सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूका लागि आवेदन माग गरेको हो ।


इच्छुक विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, महेन्द्रनगर, कञ्चनपुर र तोकिएका क्याम्पसमा फगुन ९ गतेदेखि चैत ९ गते बिहिबार सम्ममा आवेदन दिन सकिने जनाएको छ ।