पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि अनुमति

विराटनगर/२५ माघ-पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनका लागि अनुमति पाएको छ । मन्त्रिपरिषदको बैठकले कोसी अस्पताल विराटनगरलाई अभ्यासका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै ेडिकल कलेज सञ्चालनका लागि अनुमति पाएको हो ।


२०७८ माघ २४ गते कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालय विच पूर्वाञ्चाल विश्वविद्यालय चिकित्सा शास्त्र संकाय अन्तर्गतको आंगिक क्याम्पसमा एमबीबीएस शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सम्झैता भएको थियो ।


सम्झैता भएको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिएको छ ।


विश्वविद्यालयले २०६० देखिनै मेडिकल कलेज खोल्नको लागि तयारी गरेको थियो । तर विभिन्न काणले अनुमति पाउन सकेको थिएन । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको तयारी तत्कालीन उपकुलपति जगतबहादुर केसीले २०६० सालयता सुरु गरेका थिए । केसीले २०६२ सालमा इन्ट्रान्स परीक्षा पनि गराएका थिए । तर राजनीतिक कारणले यसलाई सञ्चालन गर्न सकिएको थिएन ।

पूर्वाञ्चल विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झैता :