काठमाडौँ/१८ माघ–प्याब्सनको नेतृत्वमा पहिलो चरणको लाईब्रेरी तालिम सम्पन्न गरी प्रमाण पत्र वितरण गरेको छ । लाईब्रेरी डेभलपमेन्ट फोरम र प्याब्सनको सहकार्यमा पहिलो चरणको लाईब्रेरी तालिम सम्पन्न भएको हो ।
विद्यालयहरुलाई व्यवस्थित गर्न, लाईब्रेरीको महत्व बारे बुझाउन, त्यसले विद्यार्थीको सिकाइमा पर्ने प्रभाव र डिजिटल लाइक्रेरीको निर्माण गर्न थप सहयोग गर्ने उदेश्यले तालिम सञ्चालन गरीएको प्याब्सनले जनाएको छ । यो अभियान देशै भरका सम्पूर्ण विद्यालयमा सञ्चालन गरीने छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले यस्ता खालका तालिमले विद्यालयलाई तथा व्यक्तिालाई अपग्रेड हुन सहयोग पुग्ने हुनाले यसलाई निरन्तर अगाडी बढाइने बताए । उनले समयसँगै विद्यालय अपग्रेड हुनुपर्ने र समयसँगै हिड्न सक्ने विद्यालय मात्रै बाच्ने बताए ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा तालिम विभागका संयोजक कृष्ण अधिकारीले लाई ब्रेरी सम्बन्धी तालीम निरन्तर अगाडी बढाइने र तीन बर्षमा ५ हजार विद्यालयका कर्मचारीलाई ५० हजार शिक्षकलाई तालिम दिने उदेश्य रहेको बताए । उनले ललितपुर प्यब्सनको आयोजनामा पहिलो चरणको तालिम सम्पन्न गरिएको र १८ विद्यालयका २४ जनाले तालिममा सहभागी भएको जानकारी दिए । तालिम एक महिना सञ्चालन भएको थियो ।



