शिक्षक कल्याण अल्पकालीन र दिर्घकालीन हुने

काठमाडौं/१६ माघ-प्रोगे्रसिभ शिक्षण विधिमा आधारित छलफल कार्यक्रम सम्पन्न भएको छ । काठमान्डौं बिश्वविद्यालय र एसिया प्यासिफिक विद्यालयको प्रोगे्रसिभ शिक्षण विधिमा आधारित छलफल कार्यक्रम सम्पन्न भएको हो ।


सीपीइपी कार्यक्रम प्रमुख डा.पार्वती ढुंगाना पौडेलले विद्यालय र विद्यार्थीको हितका लागि शिक्षकको भलाई आवश्यक रहेको कुरामा जोड् दिइन ।


कार्यक्रममा शिक्षक तथा काठमाडौं विश्वविद्यालयमा विद्यावारधि गर्दै गरेकी रेजिना केसीले आफ्नो सोधपत्र तयार गर्दाको र आफ्नो शिक्षणकालका अनुभव सुनाउँदै शिक्षक कल्याण अल्पकालीन र दिर्घकालिन हुने र दुवै तरिकाको कल्याणले मात्र सिकाइ प्रति शिक्षकको चासो लगाब अनि प्रयास बढ्ने र शिक्षण सिकाइ प्रभावकारी हुने बताइन ।


कार्यक्रममा शिक्षक शिक्षिकाहरुलाई विभिन्न समुहमा राखेर विभिन्न अवस्था अध्ययनको नमुनाहरु माथि छलफल र बहस गरिएको थियो ।