काठमाडौं/११ माघ-युरो स्कुल छाउनी काठमाडौ र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनको सहकार्यमा शिक्षण सिकाइ कृयाकलापका विभिन्न विधि तथा पद्धतिहरूका बारेमा प्रारम्भिक छलफल भएको छ ।
विद्यार्थी केन्द्रित शिक्षण सिकाइ र शिक्षकहरूको व्यवसायिक वृत्ति विकास, शिक्षक प्रशिक्षण आवश्यकतामा आधारित हुनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर छलफ भएको थियो ।
छलफलमा विद्यालयका एकीकृत पाठ्यक्रम संयोजकले एकीकृत पाठ्यक्रममा थप प्रशिक्षण तथा कार्यशालाको आवश्यकता खट्किएको बताउए ।
उक्त अवसरमा नैतिक शिक्षा, विद्यार्थी र शिक्षकको मानसिक शारीरिक स्वास्थ्य, शिक्षामा तेस्रो पुस्ता, मिश्रित प्रणालीमा आधारित शिक्षा, आर्टिफिसियल इन्टेलिजेन्स, सफ्ट स्किलको फ्युजन र शिक्षकहरूको ज्ञान जस्ता आजका आवश्यकताहरूलाई अभिवृद्दि गर्नु पर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।



