चन्द्रकान्त खनाल
रुपन्देही/८ माघ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शिक्षा क्षेत्रको विकास र उन्नयनका लागि प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् ।
शिक्षा क्षेत्रको विकास पछि मात्रै समग्र मुलुकको विकास हुने भन्दै मुख्यमन्त्री गिरीले शिक्षा क्षेत्रमा लगानी बृद्धि गर्न प्रदेश सरकार सकारात्मक रहेको बताएका हुन ।
रुपन्देहीको सियारीमा रहेको पब्लिक माध्यामिक विद्यालय स्वर्ण महोत्सवको उद्घाटन गर्दै मख्यमन्त्री गिरीले प्रदेशका अधिकांश सरकारी विद्यालयले सिमित श्रोत र साधनका बाबजुत उत्कृष्ट कार्य गरेको बताए ।
उनले सियारीमा रहेको पब्लिक माविले निजी स्कुलले भन्दा गुणस्तरिय शिक्षा प्रदान गरेको बताउदै सैद्धान्तिक र व्यवहारिक शिक्षालाई युग सुहाउदो रुपमा अगाडि बढ्न आग्रह गरे । साथै सरकारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिए ।
कार्यक्रममा बोल्दै पुर्व शिक्षामन्त्री तथा सांसद वसिउद्धिन खां, सासंद तुलसीप्रसाद चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बिनोद श्रीवास्तव, सियारीका पूर्व गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद चौधरी, विद्यालयका प्रथम पिएचडी डाक्टर बिष्णुप्रसाद मरासिनी लगाएतले बोल्दै विद्यालयको उन्नती र प्रगतीका लागि आआफुनो ठाउँबाट आवश्यक सहयोग गर्ने बताए ।
त्यस्तै नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपमहासचिव मथुरा यादव, नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष धनिश्वर गौतम, विद्यालयका पुर्व प्रअ, रामकेश पाल लगाएतले बोल्दै सियारीको शैक्षिक विकासका लागि सरकारले आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरे ।



