विगत १७ वर्षदेखि विद्यार्थीलाई परामर्श दिँदै आएको हबले हात्तीसारबाट सेवा दिने

काठमाडौं/८ माघ–यस भन्दा अगाडी बागबजार रहेको हब इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीले हात्तीसार स्थित आफ्नै भवनबाट विद्यार्थीहरुलाई सेवा दिने भएको छ । विगत लामो समयदेखि अब्रोड स्टडी सम्बन्धी काम गर्दै आएको हबले हात्ति सारबाट सेवा दिन लागेको हो ।


यसै क्रममा माघ ८ गतेदेखि एक हप्ताका लागि ओपनिङ सप्ताह कार्यक्रम आयोजना गरेको हबले जनाएको छ । यो अवसरमा अभिभावक तथा विद्यार्थिहरुलाई विशेष छुटको व्यवस्था गरिएको हहबले जानकारी दिएको छ ।


आगामी दिनमा विश्वका विभिन्न देशमा रहेका उत्कृष्ट विश्वविद्यालयसँगको सहकार्यलाई अझै उचाइमा लग्ने र विद्यार्थीहरुलाई अझ गुणस्तरीय सेवा र शैक्षिक परामर्श दिनुका साथै विद्यार्थीको भविष्यलाई सुरक्षित बनाउने हबको उदेश्य अनुरुप आफ्नै भवनबाट सेवा सञ्चालन गरिएको हबका अध्यक्ष डा.उद्धब बहादुर खड्काले बताए ।


हबका नेपाल लगायत विदेशका विभिन्न देशमा गरी ६ बढी शाखा रहेको छन् । २००६ मा स्थापना भएको यो संस्थाले हजारौं विद्यार्थीहरुलाई परामर्श दिइसकेको छ भने दुई सय भन्दा बढी विश्वविद्यालयसँग प्रत्यक्ष रुपमा काम गर्न सफल भएको छ । समाजमा प्रतिष्ठित र प्रयावाचिको रुपमा हबले आफुलाई राख्न सफल भएको छ ।