काठमाडौं/२ पुष-विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम अन्तर्गत छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । उच्च शिक्षाको सर्वसाधरणको पहुँच अभिवृद्धि गर्दै मानव संशाधनको विकास गर्न तथा राष्ट्रिय आर्थिक वृद्धि एवम् उन्नतिमा सहभागी गराउने उदेश्यले छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।
सामुदायिक वा सरकारी विद्यालयबाट माध्यमिक तहको अध्ययन पुरा गरी देशभित्रै स्नातक तहमा अध्ययनरत आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाई तोकिएको प्रक्रियाबाट छनोट गरी बार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराइने आयोगले जनाएको छ ।
साथै आर्थिक वर्ष २०७९ ८० का लागि सम्बन्धित विद्यालयबाट नियमित रुपमा कक्षा १२ अध्ययन पुरागरी स्नातक तह प्रथम वर्ष वा पहिलो सेमेष्टर अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
यहाँबाट दिन सकिने छ आवेदन :




