हब इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शाखा भैरहवामा

काठमाडौं/३ पुष–हब इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीले आफ्नो शाखा भैरहवामा विस्तार गरेको छ । नेपाल लगायत विदेशका विभिन्न देशमा आफ्नो शाखा रहेको हब इन्टरनेशनलले नेपालको छैटौं शाखा भैरहवामा विस्तार गरेको हो ।


पश्चिम नेपालको ठुलो र पुरानो शहरका रुपमा रहेको साथै शैक्षिक रुपमा राम्रो मानिएको भैरहवाबाट विद्यार्थीलाई शैक्षिक परामर्श दिने उदेश्यले शाखा विस्तार गरिएको हबको भनाई छ । विद्यार्थीहरुले धरै भन्दा धेरै विश्वविद्यालय, कलेज र शैक्षिक संस्थाहरुको बारेमा आफ्नै शहरमा सहज रुपमा जानकारी प्राप्त गर्ने छन् ।


विभिन्न विज्ञ, सरोकारवाला, विद्यार्थी, अभिभावक, शैक्षिक क्षेत्रका विभिन्न व्यक्तिहरु लगायतको उपस्थितिमा शाखाको उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आउने छ ।


हबले विगत लामो समयदेखि अब्रोड स्टडी सम्बन्धी काम गर्दै आएको संस्था हो । २००६ मा स्थापना भएको यो संस्थाले हजारौं विद्यार्थीहरुलाई परामर्श दिइसकेको छ भने दुई सय भन्दा बढी विश्वविद्यालयसँग प्रत्यक्ष रुपमा काम गर्न सफल भएको छ । समाजमा प्रतिष्ठित र प्रयावाचिको रुपमा हबले आफुलाई राख्न सफल भएको छ ।