मंसिर २ गतेदेखि ५ गतेसम्म विद्यालयमा सार्वजनिक विदा गर्ने निर्णय

काठमाडौं /२९ कार्तिक-गृह मन्त्रालयले मंसिर २ गतेदेखि ५ गतेसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालय मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।


साथै सरकारी कार्यलय तथा सार्वजनिक निकायहरुमा कार्तिक ४ र ५ गते सार्वजनिक विदा गर्ने गृह मन्त्रालयले जनाएको छ ।