‘मास्टर एण्ड मिस एपेक्स २०२२’ सम्पन्न


काठमाडौं/२९ कार्तिक-विद्यार्थीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजना गरिएको ‘मास्टर एण्ड मिस एपेक्स २०२२’ कार्यक्रम सम्पन्न भएको छ । परिवर्तन इभेन्ट हाउसको सहयोगमा गत शनिबार एपेक्स लाइफ स्कुलको प्राङगणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ८३ जना विद्यार्थीहरू भाइबहिनीहरूको सहभागीता रहेको उक्त कार्यक्रममा नेपाली चलचित्र तथा सङ्गीत जगत्का दिग्गज व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा हाल निकै चर्चामा रहेको महापुरुष चलचित्रका कलाकारहरू लगायत विशिष्ट कलाकारहरूको उपस्थिति थियो ।

विद्यालयमा कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूमा रहेका प्रतिभालाई प्रस्फुटन गर्ने र उनीहरू भित्र रहेको असीमित क्षमतालाई उजागर गर्ने रहेको विद्यालयले जानकारी दियो ।

कार्यक्रमका सभापति प्रधानाध्यापक प्रभात क्षेत्रीले विद्यालयले विगत लामो समयदेखि यस्ता किसिमका अतिरिक्त कार्यक्रम गर्दै आएको र अझै यस्ता क्रियाकलापले विद्यार्थीहरुको आत्मविश्वास बढोस् भन्ने अदेश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

मास्टर्स एण्ड मिस एपेक्स २०२२ का विजेतामा ३ वटा तहमा विभाजन गरिएको थियो । मिनी क्याटेगोरीमा छात्रतर्फ हेङ्काङ राई, छात्रातर्फ समन्ता ढुङ्गाना , जुनियर क्याटेगोरीमा छात्रतर्फ आमोघ अधिकारी, छात्रातर्पm समरा तिमल्सिना, सिनियर क्याटेगोरी अन्तर्गत छात्र रौनक श्रेष्ठ, छात्रातर्फ एन्जिला निरौला विजेता बने ।