काठमाडौं/२४ कार्तिक-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चीन सरकारले २०२३÷२४ मा प्रदान गर्ने इन्जिनियरिङ विषयको स्नातक तह र स्नातकोत्तर तह तथा कृषि विषयको स्नातकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
आवेदन दिन चाहाने विद्यार्थीहरुका लागि साधारण तथा आरक्षित सिटमा शिक्षा मन्त्रालयको निर्णय अनुुसार योग्यता पुगेका विद्याथीहरुले कार्तिक २५ गतेदेखि मंसिर १० गतेभित्रमा दरखास्त दिन सकिने जनाएको छ ।
विस्तृत हेर्न तलको लिङ्कमा हेर्नुहोला :



