सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न केन्द्रको निर्देशन

काठमाडौं/२२ कार्तिक-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न निर्देशन दिएको छ ।


शिक्षक सेवा आयोगबाट प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागी सिफारिस भएका उम्मेदवारलाई नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाएको हो ।


सिफारिस भएका उम्मेदवारहरुको विषयगत र प्रदेशगत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण, जिल्लाको विषयगत पद संख्या सहितको विवरण साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्तिक १८ को मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शन सहितको विवरण सातओटै प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा स्वीकृत आधार तथा मार्गदर्शनमा तोकिए बमोजिम नियुक्ति तथा पदस्थापना गर्न पठाइसकीएको जनाएको छ ।