काठमाडौँ /२२ कार्तिक-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले नेपाल प्रहरीमा आवद्ध बहालवाला प्रहरी परिवार, अमर प्रहरीका परिवार तथा पूर्व प्रहरी परिवारका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
प्याब्सनले नेपाल प्रहरीमा आवद्ध बहालवाला प्रहरी परिवार, अमर प्रहरीका परिवार तथा पूर्व प्रहरी परिवारका छोराछोरीहरुका लागि प्याब्सन आवद्ध सदस्य विद्यालयहरुमा विद्यालय शिक्षा कक्षा एक देखि बाह्रसम्म छात्रवृत्ति प्रदान गर्न नेपाल प्रहरी श्रीमती संघसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
प्याब्सनले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीको योगदानको कदर गर्दै आइतबार उपाध्यक्ष दीपिका रिमाल थापाको संयोजकत्वमा एक कार्यक्रमका विच प्याब्सनका अध्यक्ष डिके ढुंगाना र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबीच सम्झौतापत्रमा हस्ताक्षर गरी प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिइएको हो ।



