विश्वविद्यालयमा हुँदै आएको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने राप्रपाको घोषणा

काठमाडौं/१४ कार्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि घोषाणा पत्र सार्वजनिक गरेको छ । घोषाणा पत्र सार्वजनिक संगै विश्वविद्यालयहरुमा वर्षौ देखि हुँदै आएको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने घोषाणा गरेको छ ।


विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने व्यवस्थालाई अन्त्य गर्ने र संसारको विभिन्न मुलुकमा अपनाउँदै आएको प्रतिस्पर्धाको नयाँ मापदण्ड अपनाई कुलपति, सहकुलपति र उपकुलपति चयन गर्ने व्यावस्था गरीने घोषणा पत्रमा उल्लेख छ ।


कक्षा १२ सम्म पूर्ण रुपमा निशुल्क गर्नुका साथै समयक्रममा उच्च शिक्षालाई समेत निशुल्क गर्ने जनाएको छ । शिक्षा क्षेत्रमा देखिएको अत्याधिक राजनीतिकरण, दलीय भागवण्डा, अराजकता, र विसंगतिलाई कानूनी रुपमा अन्त्य गर्ने घोषणापत्रमा छ ।