नेकपा एकीकृत समाजवादीको घोषणापत्र : निजी लगानीमा सञ्चालित विद्यालयलाई नियमन गर्ने

काठमाडौं/१४ कार्तिक-नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधरलाई राष्ट्र निर्माणको आधार रहेकोले सामुदायिक वा सरकारी विद्यालयको शिक्षाको स्तर आमरुपमा खस्किएकोले पठनपाठनको स्तर सुधारलाई जोड दिएको छ ।


संविधानले समाजबाद उन्मुख आर्थिक नीति अवलम्बन गरेको र यस व्यवस्था अनुसार नै शैक्षिक क्षेत्रमा पनि सरकारी, सहकारी र निजी लगानीको शैक्षिक संस्थाहरु हुन सक्ने तर सरकारी क्षेत्रको नेतृत्वदायी भूमिका पूरा गर्नुपर्नेमा समाजबादीको मान्यता रहेको उल्लेख गरेको छ ।


त्यसैगरी राज्यले सार्वजनिक शिक्षामा लगानी तथा क्षमतम वद्धि गर्ने र निजी लगानीमा सञ्चालित विद्यालयहरुलाई नियमन गर्दै दुईखाले शिक्षा प्रणालीमा रहेको विभेद क्रमशः हटाउने तथा आधारभूत शिक्षालाई पूर्ण निशुल्क गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।