शिक्षा क्षेत्रमा लगानी केन्द्रित गरिनेछ : पूर्व अर्थमन्त्री पौडेल

चन्द्रकान्त खनाल
रुपन्देही/१४ कार्तिक-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पु¥याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् ।


एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई आइतबार संवोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमता अनुसारको गुणतरीय शिक्षा आर्जनका लागि शिक्षामा लगानी जोड दिएको बताए ।


उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथामिकतामा राखेर काम गर्ने बताए । पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाकाँ जनता उपचारको लागि महंगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताए । पौडेलले अल्पकालीन र दीर्घकालीन तालीम सञ्चालन गरी रोजगारी सृजनाका अवसरहरु जुटाउने बताए ।


एक वर्ष केही हजार युवा विद्यार्थी पास आउट गर्ने र राम्रा रोजगारीका अवसवर बनाएर बेरोजगारीको समस्यालाई समाधानतर्फ पनि आफूहरूको ध्यान गएको बताए । ‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र वेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर बनाएर यो क्षेत्रलाई नमूना बनाउन चाहेका छौं ।’ पौडेलले भने ।