काठमाडौं/१४ कार्तिक-हाम्रो देशमा सार्वजनिक शिक्षा अपहेलित भएको अबस्थामा छ । सार्वजनिक विद्यालय विद्यार्थी नपाएर भएका विद्यालय गाभ्नु पर्ने अवस्थामा छन् भने निजी विद्यालयहरुमा विद्यार्थी भरिभराउँ अवस्थामा छन् ।
गाउँ घरका सार्वजनिक विद्यालय गरिब तथा न्यून आय भएका परिवारका छोराछोरी पढ्ने स्थान भएको छ । सहरमा घरेलु कामदार, ज्यामी तथा मजदुर पेसा गर्ने परिवारका बालबालिका पढ्ने स्थान भएको छ । केही सार्वजनिक विद्यालयहरुले राम्रो गरिरहेको भएता पनि अभिभावकहरुलाई सार्वजनिक विद्यालयमा राम्रो पठनपाठन र हेरचाह हुदैन भन्ने हल्ला फिजाइएको छ ।
केही सार्वजनिक विद्यालयहरुले राम्रो गरिरहेको भएता पनि अभिभावकहरुलाई सार्वजनिक विद्यालयमा राम्रो पठनपाठन र हेरचाह हुदैन भन्ने हल्ला फिजाइएको छ ।
सार्वजनिक विद्यालयमा प्रतिस्पर्धि र पेसा प्रती इमान्दार शिक्षक नभएका हैनन साथै प्रधानाध्यापक पनि दुरदर्शी र राम्रो ब्यवस्थापक नभएका हैनन तर समग्रमा हेर्दा चित्त बुझ्दो नतिजा आउन सकेको छैन । सार्वजनिक विद्यालयलाइ कसरी उत्कृष्ट बनाउन सकिन्छ भनेर थुप्रैपटक बहस भएता पनि खासै उपलब्धि हासिल हुन सकेको छैन । सार्वजनिक विद्यालयलाइ उत्कृष्ट र पहिलो रोजाइ बनाउन निम्न कुरामा ध्यान दिन उपयुक्त देखिन्छ ।
१. हरेक विद्यालयमा अनिवार्य रुपमा विषयगत शिक्षकको व्यवस्था गर्ने ।
२. व्यावसायिक, प्राविधिक र जिवनोपयोगि शिक्षामा जोड दिने ।
३. सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्ने ।
४. शिक्षा सिकाइलाई सहज हुने खालका कक्षा कोठा भएको आधुनिक भवन को व्यवस्था गर्ने ।
५. अहिलेको विद्यालय व्यवस्थापन समितिको संरचना परिवर्तन गरि प्रधानाध्यापकलाई बढी जिम्मेवार बनाउन अध्यक्ष बनाउने र वडा अध्यक्ष पदेन सदस्य र अभिभावकहरु सल्लाहकार हुने व्यवस्था गर्ने ।
६. छात्र तथा छात्राहरुलाइ छुट्टाछुट्टै व्यवस्थित पानी सहितको शौचालय को व्यवस्था गर्ने ।
७. छात्राहरुलाइ निशुल्क स्यानिटरी प्याड को व्यवस्था गर्ने ।
८. राम्रो संचार प्रभावको लागि सोधपुछ कक्ष को व्यवस्था गर्ने ।
१०. अभिभावकलाई विद्यालय प्रती अपनत्व हुने वातावरण तयार गर्ने ।
११. पढाउने भन्दा सिकाउने पद्धतिको विकास गर्ने ।
१२. अतिरिक्त क्रियाकलापको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने ।
१३. विद्यार्थीलाई भौतिक रूपमा दिइने सजाय पुर्ण रूपमा बन्द गर्ने र नियमितरुपमा विद्यालय जाउँ जाउँ लाग्ने वातावरण बनाउने ।
१४. एकै खाले शिक्षक र खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्ति हुने व्यवस्था गर्ने ।
१५. शिक्षकहरु राजनीतिक दलको सदस्य हुँदा उनीहरुमा फरक बिचार भएकाहरु बिच असहयोग र बेमेल हुने, प्रधानाध्यापकको नियन्त्रणमा नहुने, आदेश पालना नगर्ने हँुदा दलगत संघ सगठन विघटन गरि साझा शिक्षक संघ मात्र बनाउने ।
१६. कक्षा कोठामा आईसिटी को उच्चतम प्रयोग गर्ने वातावरण बनाउने ।
१७. नियमितरूपमा पुस्तकालय खोल्ने र पुस्तकालयमा पाठ्यपुस्तक बाहेकका अन्य पुस्तकहरुको पनि व्यवस्था गर्ने ।
१८. आकर्षक बगैंचा र खेल मैदानको उचित व्यवस्थापन गर्ने ।
१९. विद्यार्थीहरुको नतिजा उकृष्ट बनाउन हरतरहले लाग्ने ।
२०. सरकारी तलब सुबिधा लिने हरेक व्यक्तीका छोराछोरी अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनु पर्ने नितिगत व्यवस्था गर्ने ।
२१. क्षमता, अनुभव, दक्षता र दुरदर्शिता र व्यवस्थापनको ज्ञान भएको व्यक्तीलाई प्रधानाध्यापक नियुक्ति गर्ने ।
२२. क्यान्टिनको उचित व्यवस्थापन गर्ने ।
२३. नर्स र मनोविदको व्यवस्था गर्ने ।
२४. आधारभुत तहदेखि नै अंग्रेजी माध्यममा पनि पढाउने व्यवस्था गर्ने ।
२५. आधारभुत तहदेखिनै कम्प्युटर बिषय पढाउने व्यवस्था गर्ने ।
२६. कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था गर्ने ।
२७. प्रत्येक विद्यालयमा बालविकास केन्द्रको व्यवस्था गर्ने र बालबालिकाहरुले खेल्दै सिक्दै गर्ने वातावरण सिर्जना गर्ने ।
२८. विद्यार्थीहरुलाइ अनुशासन, असल आचारण र संस्कार सहितको शिक्षामा जोड दिने ।
२९. शिक्षकहरुलाइ समय समयमा तालिम, गोष्टि र सेमिनारमा सहभागी गराइ पुर्नरताजगी गर्ने र दक्षता वृद्धि गर्ने ।
३०. शिक्षक उच्च आदर्शको पथ प्रदर्शक बन्ने कोसिस गर्ने ।
३१. न्युनतम तीन तीन महिनामा अभिभावक, शिक्षक, स्थानीय प्रतिनिधि र श्रोत केन्द्र बिच सार्वजनिक विद्यालय को वस्तुस्थिती र भावी योजनाको बारेमा घनिभुत छलफल गर्ने ।
३२. विद्यालय परिसर सरसफाइमा विशेष ध्यान दिने ।
(लेखक बलराम थापा पब्लिक युथ क्याम्पस क्याम्पस प्रमुख हुन ।)



