काठमाडौं/१४ असोज-अक्षरा स्कुलले विद्यार्थीलाई दशैं संस्कार र सस्कृति बारे जानकारी गराउँदै दशैं उत्सव मनाएको छ । विद्यार्थीलाई तहगत सिकाइको अवसर प्रदान गर्दै दशैंको सिकाई संस्कार र सस्कृति बारे उत्सव मनाएको हो ।
विद्यार्थीहरु आफु पनि रम्दै अरुलाई पनि रमाउन सिकाउँदै, दशैंमा पूजा गरिने देवीहरुको सकारात्मकता अपनाउँदै, संस्कृतिलाई बुझ्दै अनि सुसंस्कारलाई पुज्दै विभिन्न समूहमा बाँडिएर आफ्नो प्रतिभा प्रस्फुटन गरेर उल्लासमय वातावरणमा दशैं उत्सव मनाएका छन् ।
फोटोमा हेर्नुहोस दशैं उत्सव मनाउँदै अक्षराका विद्यार्थीहरु :












