आज बडादशैंको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिदैं

काठमाडौं /१४ असोज-बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । देवी दुर्गा पाचौं स्वरुपमा स्कन्दमाता नामले प्रसिद्ध छन् ।


धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिएको हो ।


पौराणिक कथा अनुसार देवासूर संग्राममा देवताहरुको सेनापति स्कन्द रहेको र स्कन्दले नै दैत्य पति तारकासूरको वध गरेको थिए । ताराकासुरले कठोर तपस्या गरेर शिवका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थिए ।


स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास छ । आज नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा नित्य पूजा गरिदैछ ।