काठमाडौं/५ असोज-एसिया प्यासिफिक विद्यालय र काठमाडौँ विश्वविद्यालयबीच शिक्षकको व्यक्तिगत र पेसागत दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्झौता भएको छ ।
काठमाडौँ विश्वविद्यालयका सिपिइपी कोर्डिनेटर डा.पार्वती ढुंगाना पौडेल, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. प्रकाश भट्टराई र एसिया प्यासिफ स्कूलका कलेजका सिक्षक अभिभावकहरुको उपस्थितिमा काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डा. बाल चन्द्र लुइँटेल र एसिया प्यासिफिक स्कूलका प्राचार्य रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
शिक्षकको चौतर्फी क्षमताको विकास गरी बदलिदो परिवेशमा सिकाइ क्रियाकालाप अगाढि बढाउने उदेश्यका साथ् यो सम्झौता गरिएको विद्यालयका प्राचार्य रमेश घिमिरेले बताए ।
विद्यालय शिक्षामा शैक्षिक गुणस्तर उकास्न विश्वविद्यालयको पनि भूमिका रहने काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डा. बाल चन्द्र लुइँटेले बताए । उनले विद्यालय शिक्षालाई विश्वव्यापी, बालमैत्री, र समय सापेक्ष बनाउन आवश्यक तालिम, सेमिनार, गोष्ठी र आवश्यक जनशक्ति उपलब्ध गराउनु आफ्नो सामजिक र शैक्षिक उत्तर दायित्व भएको र सोहि अभियान अन्तर्गत यो सम्झौता गरिएको बताए ।



