काठमाडौं/४ असोज-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र २०७९ सार्वजनिक गरेको छ । शिक्षा सम्बिन्धी दिगो विकास लक्ष्य, पन्ध्रौं योजना तथा शिक्षा नीति समेतलाई दुष्टिगत गरी शिक्षामा समामयिक सुधार गर्दै अमाूल परिवर्तन गर्न सोच पत्र तयार पारिएको मन्त्रालयले जनाएको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पोडेल, राज्यमन्त्री बोधमया कुमारी र शिक्षा सचिव रामकृष्ण सुवेदीले संयुक्त रुपमा सार्वजनिक गरे । सोचपत्रलाई दुई चरणमा कार्यन्वयन गरिने र पहिलो चरणमा भएका कानूनको कार्यन्वयन र आवश्यकता अनुसार कानून परिमार्जन मार्फत सोच पत्रको कार्यन्वयन गरिने सोचपत्रमा उल्लेख छ ।
साथै दोस्रो चरणमा आवश्यक नयाँ कानुन्, संरचना तथा पूर्वाधारको निर्माण गरी सोचपत्रको पूर्ण कार्यान्वयन गरिने मन्त्रालयको उदेश्य रहेको छ ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्राी देवेन्द्र पोडेलले नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ऐन तथा नियममावली, पन्ध्रौं योजना परिलक्षित गरेको शिक्षा सम्बन्धी समष्टिगत उदेश्य, रष्ट्रिय शिक्षा नीति एवम् शिक्षा सम्बन्धी दिगो विकासको लक्ष्य समेतलाई दृष्टिगत गरी शिक्षामा आमुल परिवर्तन र समसामयिक सुधार गर्न सोचपत्र तयार पारिएको बताए । उनले शिक्षा ऐन क्याबिनेटमा गइसकेको बताउँदै छिटै राष्ट्रिय समितिबाट यसलाई ल्यइने समेत जानकारी दिए ।
त्यसैगरी मन्त्री पौडेलले आर्थिक वर्ष २०७८ /०७९ मा मन्त्रालयबाट सम्पादन भएका प्रमख कार्यहरु सार्वजनिक गरेका छन् । उनले एकवर्षको प्रतिवेदन सार्वजनिक गर्दै नीतिगत तथा कानूनी सुधार, भौतिक पूर्वाधार विकासमा सूधार, शिक्षण सिकाईमा सूधार,व्यावस्थापकीय सूधार गरी मुख्य गरेर शिक्षामा चारवटा कुरामा सूधार भएको बताए ।
यस्ते छ आर्थिक वर्ष २०७८ /०७९ मा मन्त्रालयबाट सम्पादन भएका प्रमख कार्यहरु :









