नेपाल शिक्षक महासंघको महाधिवेशन तत्कालका लागि स्थगित

काठमाडौं/२ असोज-नेपाल शिक्षक महासंघको असोज ४ र ५ गते हुने भनिएको राष्ट्रिय महाधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगन भएको छ । आज बसेको राष्ट्रिय समितिको पूर्ण बैठकले तत्कालका लागि महाधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।


नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरका अनुसार तत्कालका लागि अर्को सूचना नआएसम्मका लागि महाधिवेशन स्थगन गरिएको र अब हुने महाधिवेशनमा पालीका, जिल्ला र प्रदेशका अधिवेशन गरेर मात्र महाधिवेशन गरीने निर्णय भएको बताइन । उनले दशै अगाडी सम्भावना नभएको र उपयुक्त समय हेरेर महाधिवेशनको मिति तय गरीने जानकारी दिईन ।


त्यसैगरी अहिलेको महाधिवेशनमा महासंघलाई अफ्ठेरो परेपछि विधान संशोधन गरिनुपर्ने र समानुपातिक प्रणालीमा नभई मिश्रीत प्रणालिमा जानुपर्ने अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठकले बताएका छन् ।


समितिले महाधिवेशन स्थगन गर्दै आगामी दिनका लागि कसरी अगाडी बढ्ने, महाधिवेशनको मिति कहिलेलाई तय गर्ने लगायतका विषयमा निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।