काठमाडौं/१ असोज-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले देवेन्द्र पौडेलले आगामी बर्षदेखी दस वर्षका लागि विज्ञान प्रविधि विकास महाअभियान सञ्चालन गर्न तयारी कार्य तीब्र बनाएको बताएका छन् । विज्ञिान प्रविधिमा परनिरर्भता घटाउन स्वदेशमै व्यावसायिक अनुसन्धान कार्य अगाडी बढाईने विज्ञान प्रविधि विकास महाअभियान सञ्चालन गर्न तयारी कार्य तीब्र बनाएको बताएका हुन ।
आज १० औं राष्ट्रिय दिवसको शुभकामना दिँदै यसका लागि लगानी बढाउन सार्वजनिक, गैरसरकारी, निजी तथा स्वदेशी संघ संस्थावीच सहकार्य र सहयोग बढाउन तथा उपयुक्त बातावरण निर्माण गर्नुपर्ने विषयलाई नेपाल सरकारले गम्भिर रुपमा लिएको बताए ।
मन्त्री पौडेलले भने “दिगो विकासका लक्ष्य हासिल गर्न विज्ञान प्रविधि र नव प्रवर्तनलाई एकीकृत रुपमा अघि बढाई वैज्ञानिक अनुसन्धान तथा नव प्रवर्तनमा हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा ध्यान केन्द्रीत गर्नु तथा नव प्रवर्तनमा हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा ध्यान केन्द्रित गर्नु तथा यस क्षेत्रका प्राज्ञिक संस्था, अनुसन्धान निकाय तथा औद्योगिक प्रतिष्ठानवीच सहकार्य र साझेदारी विकास गर्नु आवश्यक छ ।”



