काठमाडौं/३१ भदौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तह बार्षिक परीक्षा प्रणाली अन्तर्गतका एक विषय मौका परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ । भदौ १९ गतेभित्र रीतपूर्वक परीक्षा आवेदन फारम भरेका परीक्षार्थीका लागि असोज ८ गते संचालन गरीने विभिन्न विषयको परीक्षा केन्द्र कायम गरेको हो ।




