देशभरका साविक उच्च माविका शिक्षक आन्दोलित, कालोपट्टी बाँधेर अध्यापन

काठमाडौं/२८ भदौं-साविक उच्च माविका देशभरका शिक्षहरुले मंगलबार हातमा कालोपट्टी बाँधेर अध्यापन गरेका छन् । शिक्षकहरुले विगत ३० वर्षदेखिको समस्या समाधान हुनुपर्ने माग राख्दै आज हातमा कालोपट्टी बाँधेर अध्यापन गरेका हुन ।


माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले १६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार आज देशभरका शिक्षकहरले हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन् ।


साविक उच्च माविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत रहेपनि विगत ३० वर्षदेखी स्थायी दरबन्दीको शिक्षकको व्यावस्था नगरे कै कारण विरोधमा उनीहरुले कालोपट्टी बाँधेर अध्यापन गरेका हुन् ।

बन्दै गरेको नयाँ शिक्षा ऐनमा साविक उच्च मावि शिक्षकहरुको माग समावेश गरिनुपर्ने माग राख्दै उनीहरु एकसातादेखी आन्दोलित छन् । त्यसैगरी भदौ ३० गते ( साविक उच्च मावि तहका शिक्षकहरुले पेनडाउन कलम बन्द गर्ने ), सो दिन शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको छ ।