काठमाडौं/२३ भदौं-काठमाडौं महानगरपालिकाले बहाल कर नतिर्ने कलेजलाई बहाल कर तिर्न पत्राचार गरेको छ । आफ्नो क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको तर सम्बन्धित वडा कार्यलयमा बहाल कर नबुझाउने कलेजलाई बहाल कर तिर्न पत्राचार गरेको हो ।
महानगरको राजस्व विभागले बिहीबार शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित् वडा कार्यालयमा गई निमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको छ ।
अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ ।




