प्राथमिक तहमा गुणस्तरीय शिक्षाका लागि सम्झौता

सुर्खेत/२३ भदौं-मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एजुकेशन र सेभ द चिल्ड्रेन इन्टरनेशनल बीच प्राथमिक तहमा गुणस्तरीय शिक्षाका लागि बृहत फ्रेमवर्कको विकास र पाइलटिङका लागि “टाक्स् स्पेसिफिक” सम्झौता भएको छ ।


सम्झौता पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको सम–उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कूल अफ एजुकेशनका डीन सह–प्रा. डा. लीलाधर तिवारी तथा सेभ द चिल्ड्रेनका फिल्ड कार्यक्रम सञ्चालन निर्देशक बिरेन्द्र ठगुन्नाद्वारा हस्ताक्षर गरिएको छ ।


गुणस्तर शिक्षाको लागि व्यापक फ्रेमवर्कको अपेक्षित परिणामहरूको परीक्षणको लागि विकास र कार्यान्वयन गर्नु रहेको छ । साथै कक्षा १ देखि ५ सम्मको राष्ट्रिय पाठ्यक्रममा परिकल्पना अनुरुप प्रारम्भिक कक्षाहरूमा बालबालिकाको सिकाइ कार्यसम्पादनमा सुधार गर्नु सम्झौताको प्राथमिक उद्देश्य रहेको छ ।


उक्त परियोजना जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका ६ वटा विद्यालय र कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाका ६ वटा गरी जम्मा १२ वटा विद्यालयहरुमा संचालन हुनेछ । यस परियोजनाको दायरालाई फराकिलो पार्दै निकट भविष्यमा उच्च शिक्षामा समेत लागु गर्ने योजना रहेको जानकारी दिइएको छ ।