सरकारले शिक्षक कर्मचारी विच विभेद गरे निर्वाचनमा जवाफ दिने राहत शिक्षकको चेतावनी

काठमाडौं/२५ साउन-अर्थ मन्त्रालयले शिक्षक कर्मचारीहरु विच गरेको विभेद खेदपूर्ण रहेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले विरोध गरेको छ । आसन्न निर्वाचनमा कर्मचारीलाई खुशी बनाउन सरकारले तलब वृद्धि गरेपनि तल्लो तहका शिक्षक, कर्मचारी, प्राध्यापक, पत्रकार लगायतलाई उपेक्षा र विभेद गरेको भन्दै विरोध जनाएको हो ।


देशभर झडै ४० हजारको संख्यामा काम गर्ने राहत शिक्षकको संगठन नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक कर्मचारीहरु विच गरेको विभेदले गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । साथै शिक्षक समाजको वाहका रहेको र आसन्न संघ र प्रदेशको निर्वाचनमा शिक्षकको पनि भूमिका रहने भएकोले सम्बन्धित पक्षले ध्यान दिन आग्रह गरेको छ ।


निर्वाचनको मुखमा गरीएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिई सबै तहका शिक्षक कर्मचारीको तलब वृद्धि समान ढंगले गर्न समेत आग्रह गरिएको छ । अन्यथा निर्वाचनको वेला शिक्षक के हो, शिक्षक को समाजमा भूमिका के हुन्छ र त्यसले निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नको जवाफ दिइने चतावनी दिएको छ ।