काठमाडौं/२५ साउन-नेपाल विद्यार्थी संघले गैर कानुनी क्याम्पस नियुक्ति भएको भन्दै कृषि क्याम्पस रामपुर चितवनका प्रमुखलाई बर्खास्त गर्न माग गरेको छ । नेविसंघ त्रिवि समितिले आज उपकुलपति कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै क्याम्पस प्रमुख मिलन सुवेदीलाई बर्खास्त गर्न माग गरेका हुन् ।
रामपुर कृषि क्याम्पस चितवनमा गैर कानुनी क्याम्पस प्रमुख नियुक्ति विरुद्धमा योग्य र सक्षम व्याक्ति नियुक्ति गर्नुपर्छ भन्दै आन्दोलनरत नेविसंघका सुरज यादव र आशिष देवकोटामाथि क्याम्पस परीसरमै क्याम्पस प्रमुख सुवेदीकै निर्देशनमा नेविसंघ नेताहरूमाथि आक्रमण भएको आरोप नेविसंघ त्रिवि समितिको छ ।
समितिले घटनामा संलग्न दोषिहरुलाई कडा कारवाहीको माग गर्दै रामपुर कृषि क्याम्पसका प्रमुखलाई बर्खास्त गर्न माग गरेको छ । साथै असक्षम, अराजक, पूर्वाग्रही क्याम्पस प्रमुखलाई बर्खास्त नगरे त्यसबाट उत्पन्न हुने क्षतीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय नै हुने पत्रमा उत्रमा उल्ल्ेख गरीएको छ ।




