पुनः शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय कायम गरिने

काठमाडौं/८ साउन-सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने तयारी गर्दे भोलि बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयस्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा पुरानै नाम शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय राख्ने प्रस्ताव गर्ने भएको हो ।


‘पहिलेको नाम संसारभार नै चिनिएको र काम अहिले पनि उही भएकाले पुरानै नाम राख्न सुझाव आएको हो,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘पहिले क्याबिनेटले नाम परिवर्तन गरेको हो । आवश्यक प¥यो भने अहिले पनि क्याबिनेटले परिवर्तन गर्छ ।’


यसअघि २०७५ सालमा तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ बनाइएको थियो ।