काठमाडौं /८ असार-नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय ठुलापोखरा अर्घाखाँचीमा कार्यरत एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका निम्न माध्यमिक तहका अस्थायी शिक्षक हुमलाल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
हुमला शैक्षिक योग्यताको प्रमाणपत्र भारतको गोरखपुर विश्वविद्यालयबाट बनाएको र नियुक्ति लिइएको पाइएकोले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।



