मास्टर्नी’ गीतलाई प्रतिबन्ध लगाउन माग

काठमाडौँ /१ साउन – अखिल (क्रान्तिकारी) ले ’मास्टर्नी’ चलचित्रको प्रमोसन गीत र भिडियोमाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ ।


संगठनले विज्ञप्ति जारी गर्दै गीतले शिक्षकको गरिमा, शिक्षण पेसा, गुरु–शिष्य सम्बन्ध र महिलाको सम्मानमाथि प्रहार गरेकोले प्रतिबन्ध लगाउन माग गरेको हो ।


संगठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै हालै सार्वजनिक गरिएको मास्टर्नी गीत तथा भिडियोले शिक्षकको गरिमा, शिक्षण पेसा, गुरु–शिष्य सम्बन्ध तथा महिलाको सम्मानमाथि प्रहार गर्दै विकृति, अश्लील र उपभोक्तावादी सांस्कृतिक प्रवृत्तिलाई प्रश्रय दिएको सामग्री प्रति अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


विकृतिलाई प्रश्रय दिने निर्माता, निर्देशक, कलाकार तथा सम्बन्धित सबै पक्षमाथि प्रचलित कानुनबमोजिम आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।