काठमाडौं /९ असार–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिएस्सी एग्रिकल्चर विषयको निशुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको योग्यता क्रम प्रकाशित गरेको छ ।
शैक्षिक वर्ष २०७८ /०७९ मा त्रिभुवन विशवविद्यालयबाट सम्बन्धन प्राप्त गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वर, वैतडी क्याम्पस अफ लाइभ साइन्स पूलबारी दाङ र पृथु टेक्निकल कलेज लमहीमा स्नातक तह बिएस्सी एग्रिकल्चर विषयको निशुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको योग्यता क्रम प्रकाशित गरेको हो ।
हेर्नुहोस योग्यताक्रम सूची :
https://moe.gov.np/assets/uploads/files/Re-_notice_of_BSC_AG_2079.pdf



