काठमाडौं/३ असार-नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विभिन्न शिक्षक संगठनहरुमा सदस्यता नलिन आग्रह गरेको छ । सिमितिले सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि शिक्षक संगठनहरुको सदस्यता नलिन आग्रह गरेको हो ।
आज एक सूचना जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको विधान बमोजिम विद्यालय कर्मचारीहरुले विभिन्न शिक्षककका संगठनहरुबाट सदस्यताका लागि अनुरोध भएता पनि कुनै पनि विद्यालय कर्मचारीहरुले सदस्यता नलिई दिनु भई आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ ।




