काठमाडौं /१ असार-त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले मास्टर अफ बिजिनेस स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसनको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालित मास्टर अफ बिजिनेस स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसनको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
२९७६ सालमा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन २०२० अघि भर्ना भई दोस्रो सत्रको परीक्षाको परीक्षा फारम भरी अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु समेतको तेस्रो सत्रको नियमित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
परीक्षा असार ८ गते बिहानको ११ बजेदेखि सञ्चालन हुनेछ ।





