कोभिडमा नेपाल फर्किएका विद्यार्थी अध्ययन पुरा गर्न चीन जान पाउने (नामावली सहित)

काठमाडौं/२१ जेठ-कोभिड महामारीको अवधिमा चिनिका विभिन्न विश्वविद्यालयबाट नेपाल फर्किआएका नेपाली विद्यार्थी पुनः चीन जान पाउने भएका छन् । बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीहरु चरणबद्ध रुपमा उच्च शिक्षा पुरा गर्न जान पाउने भएका हुन् ।


चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुको फिर्ती सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरू कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूमध्ये पहिलो चरणको सूचीमा २ सय ८१ जना विद्यार्थीहरूलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जानाएको छ ।


साथै, उक्त सूचीमा रहेका विद्यार्थीहरूले चीन फिर्तीका लागि तोकिएको गाइडलाइन अनुसार पुनः भिसा प्राप्तिका लागि निवेदन दिन पनि मन्त्रालयले जारी गरिको सूचनामा भनिएको छ ।

नाम यहाँबाट हेर्नुहोला :

https://moe.gov.np/article/1691/%E0%A4%9A%E0%A5%80%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%AF%E0%A4%A8%E0%A4%B0%E0%A4%A4-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B-%E0%A4%AB%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE.html